दुलेगौंडा
शुक्लागण्डकी एफएम ९७.६ मेघाहर्ज नवौं वर्षमा प्रवेश गरेको छ । तनहुँ मिडिया नेटवर्कद्धारा सञ्चालित एफएम २०७३ घटस्थापनाको दिन स्थापना भएको हो ।
एफएमले स्थापना दिवससँगै सोमवार विजयादशमी, दिपावली, छट पर्व र नेपाल संवत ११४६ को अवसरमा शुभकामना आदानप्रदान गरि मनाएको छ । एफएम सञ्चालक समितिका अध्यक्ष शिव पौडेलले स्रोता, विज्ञापनदाता, शेयर सदस्य कर्मचारीलाई धन्यवाद दिदै अगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताए ।
एफएमका संस्थापक अध्यक्ष नारायणकुमार श्रेष्ठले एक दशकको यात्रा पूरा गर्न लागेको बताए । आगामी दिनमा थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
उपाध्यक्ष आनन्दसुन्दर श्रेष्ठ, सचिव टिकाराम श्रेष्ठ, कोषाध्यक्ष राजेन्द्र पौडेल, लेखा समिति सदस्य कमलचन्द्र लम्साल, सञ्चालक समिति सदस्य विर्सना श्रेष्ठ, स्टेसन म्यानेजर राजन उपाध्याय लगायतले रेडियोले स्रोता केन्द्रित कार्यक्रम गर्नुपर्नेमा दिए ।
एफएमले तत्कालिन अध्यक्ष पूर्णकुमार श्रेष्ठको स्मृतिमा स्थापित पत्रकारिता, साहित्य र समाजसेवातर्फ पूर्ण स्मृति शुक्लागण्डकी एफएम सम्मान तथा पुरस्कार वार्षिक रुपमा प्रदान गर्दै आएको छ ।
गीत संगीतको अलवा एफएमले हाल दैनिक ७ पटक आफ्नै उत्पादनमा समाचार प्रसारण गर्दछ । स्थानीय सराकोरका विषयमा छलफल, महिला, बालबालिका, स्वास्थ्य, शिक्षा, व्यवसाय लक्षित कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडाबाट प्रसारण भइरहेको एफएम तनहुँ, कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, नवलपरासी लगायतका जिल्लामा सुन्न सकिन्छ ।