+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तनहुँको बेलभञ्ज्याङमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

तनहुँ खबर
९ महिना अगाडी

दुलेगौंडा– तनहुँको बेलभञ्ज्याङमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मंगलबार विहान दुर्घटना भएको हो ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खस्दा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । “हुस्सु लागेका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ”, उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर