+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मर्दीखोला प्रतिष्ठानले बाँड्यो ८ लाख बढीको शैक्षिक सामग्री

तनहुँ खबर
११ महिना अगाडी

दुलेगौंडा

मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीमा रहेका ९ वटा सरकारी विद्यालयलाई ८ लाख बढीको शैक्षिक सामग्री वितरण गरेको छ ।
प्रतिष्ठानको २६ औं वार्षिकोत्सवको अवसरमा ८ लाख ५० हजार बराबरको शैक्षिक सामग्री वितरण गरेको हो ।

प्रतिष्ठानले शुक्रबार ९ विद्यालयलाई कम्प्युटर, प्रिन्टर, विज्ञान सामग्री तथा पुस्तक लगायतको शैक्षिक सामग्री वितरण गरेको छ ।
निष्पक्ष मावि हुम्दी र उदय मावि धम्पुसलाई विज्ञान सामाग्री, प्रगतिशिल मावि सल्यान, सृजना सामुदायिक मावि सिमपाली र शुक्लागण्डकी मावि भलावटलाई कम्प्युटर प्रदान गरिएको मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानका सचिव डिल्लीराम गिरीले जानकारी दिए ।  विन्देश्वरी मावि पोखरा, भुमेश्वर मावि धिताल र धारापानी मावि अन्नपूर्णलाई पुस्तकालयका लागि पुस्तक वितरण गरियो भने सल्यानको प्रगतिशिल माविलाई प्रिन्टर हस्तान्तरण गरिएको सचिव गिरीले बताए ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आजका बालबालिका भोलीको राष्ट्र निर्माणका लागि मानव पूजी भएकाले विद्यालय पुर्याउनु मात्र दायित्व नरहेको विद्यालयलाई उपयुक्त शिक्षा दिलाउन सक्ने व्यवस्थापन गर्ने दायित्व सबैको रहेको बताए ।

मर्दीखोला शैक्षिक प्रतिष्ठानले २०५४ सालदेखि कार्य सुरु गरेकोमा शैक्षिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । पछिल्लो ४ वर्षमा कास्कीको शिक्षा क्षेत्रमा मात्रै २५ लाखभन्दा बढी सहयोग गरेको प्रतिष्ठानले जनाएको छ

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर