+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ट्रायल सेन्टरमा यातायात मन्त्री केसीको छड्के, पारदर्शी बन्न निर्देशन

तनहुँ खबर
११ महिना अगाडी

पोखरा

सेवाग्राहीको गुनासो आएपछि गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले यातयात व्यवस्था कार्यालय बागलुङमा छड्के निरीक्षण गरेका छन् ।

बुधबार उनले प्रयोगात्मक परीक्षा स्थल (ट्रायल सेन्टर) को छड्के निरीक्षण गरेका हुन् ।

बागलुङ नगरपालिका–१ खनियाबासमा रहेको ट्रायल सेन्टरको छड्के निरीक्षणमा पुगेका उनले ट्रायल सेन्टरको भौतिक अवस्था र प्रयोगात्मक परीक्षाको विषयमा जानकारी लिए ।

दुई पांग्रे र चार पांग्रे सवारीको परीक्षा प्रणालीलाई पारदर्शी बनाउन उनले निर्देशनसमेत दिएका छन् ।

यातायात कार्यालयका निमित्त प्रमुख अशोक घिमिरे र ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेलाई मन्त्री केसीको निर्देशन थियो, ‘पारदर्शी ढंगले परीक्षा सञ्चालन गर्नहोस् ।’

सीसीटिभी फुटेज एक महिनासम्म रेकर्ड राख्न, भीडभाड नगर्न, परीक्षास्थलको सरसफाइ गर्न र परीक्षार्थीको मनोबल उच्च रहने वातावरण मिलाउन सुझाएका छन् ।

मन्त्री केसी पछिल्लो समय ठूलो लगानीका पूर्वाधार निर्माण र यातयात क्षेत्रमा भएको समस्याको पहिचानका लागि जिल्ला दौडाहमा निस्कन थालेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर