+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रविलाई म्याद थप्न अदालत लगिदै, रास्वपाले विरोध प्रदर्शन गर्ने

तनहुँ खबर
११ महिना अगाडी

पोखरा


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले पाएको म्याद सकिएपछी अदालतमा उपस्थित गराइदैछ ।

आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीले लामीछानेलाई चौंथो पटक म्याद थपका लागि अदालत पेश गर्न लागेको हो ।

सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका पुर्वगृहमन्त्री लामिछानेलाई तेस्रो पटक कार्तिक २० गते अदालत पेश गरिएको थियो । त्यो दिन प्रहरीले कार्तिक १४ गतेदेखी लागू हुने गरेर १० दिन हिरासतमा राखेरअनुसन्धान गर्ने म्याद पाएकोमा सकिएको छ ।

रविलाई कार्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट पक्राउ गरिएको थियो। भोलिपल्ट बिहानपख उनलाई सडकमार्ग हुँदै पोखरा ल्याइपुर्‍याइएको हो।

कात्तिक ४ गते जिल्ला अदालत कास्की पेश गरिएकोमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सुरुमा ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो। त्यसपछि दोस्रो पटक ७ दिनको म्याद थपिएकोमा पछिल्लो पटक १० दिन थपिएको हो ।

रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार बनेका पूर्वडिआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई (जिबी) सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाइ र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पनि अदालतमा पेश गरिनेछ । उनिहरु सबैलाई हिरासतमा राख्ने १० दिनकै म्याद दिएको थियो।

रविलाई अदालतमा पेश गर्ने भएपछी राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरामा  विरोध प्रदर्शन गर्ने भएको छ । रास्वपाले विहान १० बजे पोखराको जिरोकिलोमिटरमा रहेको पार्टी कार्यालयमा भेला हुन नेता कार्यकर्तालाई आह्वान गरेको छ । जिरोकिलोमिटरबाट सृजनाचोक, रत्नचोक हुदैं वाइचोकमा पुगेर विरोध सभा गर्ने तयारी छ ।

यसअघि कात्तिक २० गते म्याद थपका लागि रविलाई अदालत पेश गर्दा दिनभर जसो पोखरा तनावग्रस्त बनेको थियो । प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीलाई नियन्त्रणमा लिनुका साथैं रिपोर्टिङमा पुगेका पत्रकारमाथि कुटपिटमा प्रहरी उत्रिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर