+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अदालतको पूर्णपाठ आएपछि आफैं उपस्थित हुन्छुः मनाङे

तनहुँ खबर
११ महिना अगाडी

पोखरा

गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले सर्वोच्चको फैसलाको पूर्णपाठ आएपछि आफैं अदालत उपस्थित हुने बताएका छन् ।

शुक्रबार प्रेस वक्तव्य जारी गर्दै मनाङले आफू सम्र्पविहीन भएको भनेर सञ्चार माध्यममा आएका समाचार झुठो भएको बताएका हुन् । कात्तिक २० गते सर्वोच्च अदालतले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।

मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उच्च अदालत पाटनको फैसलालाई सदर गरेको हो । मनाङेको समूहले २०६१ सालमा गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो । त्यही मुद्वामा उच्च अदालत पाटनले ५ वर्ष कैद तोकेको थियो । सर्वोच्चको फैसलापछि उनी सम्र्पकविहीन छन् ।

मनाङेले विगत केहि दिनयता विभिन्न अखवार र सामाजिक सञ्जालमा मेरो विषयमा लेखिएका समाचार र टिकाटिप्पणी प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

‘सम्मानित सर्वोच्च अदालतमा विचाराधिन मेरो मुद्धाको गत कार्तिक २० गते फैसला भएको विषय मैले मेरो तर्फवाट वहस पैरवी गरिरहेका कानून व्यवसायीमार्फत थाहा पाएको हुँ । सो पश्चात मेरा कानुन व्यवसायीलाई फैसलाको नक्कल सार्न पठाए तर, अदालतबाट फैसलाको संक्षिप्त पाठ तयार नभएको भन्ने जानकारी आयो’, विज्ञप्तिमा उनले भनेका छन् ।

उनले लेखेका छन्, ‘फैसला आउदाको दिनदेखि केहि गुणस्तरहिन सञ्चार माध्ययमहरुबाट तारन्तार आईरहेका कलहरुले गर्दा केही समयका लागि मैले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको छु । यहि विषयलाई लिएर विभिन्न सञ्चार माध्ययमहरुमा भ्रामक समाचारहरु सम्प्रेषण भइरहेको पाएको छ । यसमा मेरो आपत्ति छ ।’

उनले सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ लिखित रुपमा प्राप्त भएपछि अदालनमा स्वयम् उपस्थित हुने दाबी गरेका छन् ।
गुण्डागर्दी पृष्ठभूमिका मनाङेले गत निर्वाचनमा मनाङ (ख) बाट गण्डकी प्रदेश सभामा सर्वसम्मत निर्वाचित भएका थिए । उनले २०७४ मा पनि मनाङ (ख) बाट निर्वाचित हुँदै संसदीय यात्रामा डेब्यु गरेका हुन् ।

उनी गण्डकी प्रदेश सरकारमा छैठौं पटकसम्म मन्त्री भएर रेकर्ड बनाएका छन् ।पछिल्लो पटक भदौ १७ मा गण्डकी प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएसँगै मनाङेले राजीनामा दिएका हुन् ।

उनलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट वन मन्त्रालयमा सारेपछि असन्तृष्ट बन्दै राजीनामा दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर