+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हेलिकप्टरबाट सुत्केरीको उद्दार

तनहुँ खबर
२ साल अगाडी

दार्चुला- दार्चुलाको मालिकार्जुन गाउँपालिका-६ उकुकी सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उकुकी २७ वर्षीया पुष्पा महराको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो ।
आइतबार गाउँकै स्वाथ्य चौकीमा महराले बच्चा जन्माएकी थिइन् । सात महिनामै जन्मेको बच्चाको श्वासप्रश्वासमा समस्या देखिएकाले सोमबार आमा र बच्चालाई जिल्ला अस्पताल दार्चुला ल्याइएको थियो ।
बच्चाको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि हेलिकप्टरबाट उद्दार गरेर कणर्ाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर