+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विद्यार्थीलाई लायन्स र लियोले बाँडे न्यानो कपडा

तनहुँ खबर
१० महिना अगाडी

दुलेगौंडा

सामाजिक उत्तरदायित्व वहन गर्दै लायन्स र लियोले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।


लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एम अन्तर्गत रहेका लायन्स क्बल अफ दुलेगौंडा खैरेनी सिटी र लियो क्लब अफ दुलेगौंडा खैरेनी सिटी मिलेर न्यानो कपडा वितरण गरेका हुन् ।


स्याङजाको विरुवा गाउँपालिका–५ मा रहेको देववाणी आधारभूत विद्यायलका ३७ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको लियो क्लब अफ दुलेगौंडा खैरेनी सिटी खैरेनीटारका अध्यक्ष विवेक वाग्लेले जानकारी दिए ।

उनका अनुसार ट्रयाकसुट, स्विटर, टिसर्ट, जुत्ता र टोपी प्रदान गरिएको छ । विद्यालयलाई खेलकुद र शैक्षिक सामग्री उपलब्ध गराएको उनको भनाइ छ । ८५ हजार रुपैयाँ बराबरको सामाग्री विद्यार्थी र विद्यालयलाई उपलब्ध गराएको वाग्लेले बताए ।


लायन्स क्बल अफ दुलेगौंडा खैरेनी सिटीका अध्यक्ष थानप्रकाश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एमका पब्लिक रिलेसन अफिसर डोलराज पोखरेल, लायन्स क्बल अफ दुलेगौंडा खैरेनी सिटीका पूर्वअध्यक्ष विमलप्रसाद रिमाल, विरुवा गाउँपालिका–५ का वडाध्यक्ष नङबहादुर थापा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर