+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कास्कीमा ७ जना जुवाडे समातिए

तनहुँ खबर
११ महिना अगाडी

पोखरा

कास्कीबाट ७ जना तास खेलिरहेका जुवाडेलाई प्रहरीले रंगेहात समातेको छ । पोखरा महानगरपालिका–१६ अमरदीपस्थित गौमाया गुरुङको घरमा छापा हानेको प्रहरीले रंगेहात पक्राउ गरेको जनाएको हो ।

पक्राउ पर्नेमा ४० वर्षीय कृष्ण गुरुङ, ६४ वर्षीय गौमान गुरुङ, ४५ वर्षीया गौमाया गुरुङ, ३८ वर्षीया जुनिता भट्टचन, ४८ वर्षीया रुपा गुरुङ, ४० वर्षीय हेमजार गुरुङ, ४६ वर्षीय बुद्धिबहादुर गुरुङ रहेका छन् ।

उनीहरुको साथबाट १ लाख १२ हजार ९० रुपैयाँसहित १२१ पत्ती तास बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

उनीहरुलाई सार्वजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर