+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु

तनहुँ खबर
२ साल अगाडी

२४ जेठ, बनेपा। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा४ख ४२९४ नम्बरको गाडीले गए राति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका-९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको हो ।

सख्त घाइते उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर