+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धारिलो हतियार प्रयोग गरी दम्पतीको हत्या

तनहुँ खबर
२ साल अगाडी

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-८ मजुवा मा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । ५० वर्षका तिलकराज भेडियार र उनको श्रीमती निर्मला भेडियार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए ।

पशुपालन गर्दै आएका दम्पती को शव धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अवस्थामा गाउँ नजिकै फेला परेको हो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेको छ । जिल्लामा यो हप्तामा मात्र ३ जनाको हत्या भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर