कुनै रोग एक देशको सीमा भित्र नरही संसारका धेरै देशहरुमा फैलिन्छ भने त्यसलाई महामारी भनिन्छ अर्थात कुनै रोगको प्रकोप पहिलेको भन्दा पछिल्लो अवधिमा फैलिएर जानुनै महामारी हो । देशको विभिन्न भाग हुदै स्थानीय स्तरसम्म विमारी फैलिएर धेरै मानिस यसबाट प्रभावित भएपछि महामारी भनेर घोषणा गर्ने प्रचलन संसार भर रहँदै आएको छ । डब्लु।एच।ओ। ले इन्फ्लुएन्जालाई दृष्टिगत गरी बनाएको परिभाषाले “महामारी भन्नाले यस्तो परिस्थितिलाई जनाउँछ जहाँ कुनै रोग विशेषगरी मानव समुदायको रोग प्रतिरक्षात्मक क्षमता कमजोर बनाउँदै सजिलैसँग एक मानवबाट अर्को माननवमा सर्दछ, तीव्र गतिमा विश्वभर फैलिन्छ भनेको छ ।
विश्वमा महामारीको ऐतिहासिक रुपरेखा घटनाक्रम
एक रोग छोटो अवधिमा कुनै देशको ठूलो जनसंख्यामा फैलिन्छ भने त्यसलाई महामारी भनिन्छ र त्यो रोग तीब्र गतिमा विश्वभर फैलिन्छ भने त्यसलाई विश्वव्यापी महामारी भनिन्छ । यसले जनसंख्याको ठूलो हिस्सालाई असर पार्दछ ।
महामारीको सुरुवात कसरी र?
संसारका हरेक समाज महामारीबाट गुज्रँदै आएका छन् । यस्ता महामारी कसरी प्रारम्भ भए होलान् भन्ने सम्बन्धमा सामाजिक अध्येताहरुको आफ्नै किसिमका धारणाहरु रहेका छन् । धेरै जसो सामाजिक अध्येताका अनुसार मानिस घुमन्ते जीवन शैलीबाट कृषि अर्थतन्त्रतर्फ फड्को मारेपछि महामारीहरु देखापर्न थालेका हुन् । यसतर्फ दृष्टिगत गर्दा कृषि अर्थतन्त्रमा पहिलो पटक अग्रसर हुने समाज चिनियाँ समाज पहिलो हो । यस पछि पश्चिम एशिया र युरोप हो र यो महामारीका बढी घटना पनि यसै क्षेत्रमा भएका छन् ।
यसर्थ कृषि अर्थतन्त्र र महामारीका बिच केही साइनो रहेको स्पष्ट हुन्छ । महामारीलाई 'क्राउड डिजिज' अर्थात भीडमा लाग्ने रोग पनि भनिएको छ ।
कृषि अर्थतन्त्रको दोस्रो चरण पशुपालन र घर पालुवा जनावरको सुरुवात हो । यस चरणमा मानिस र पशुका बिचमा सम्पर्क बढ्यो । यसबाट जनावरमा लाग्ने रोग मानिसमा संक्रमित भयो कालान्तरमा यसले महामारीको रुप लियो ।
विफर, क्षयरोग, औलो, प्लेग, दादुरा, हैजा, फ्लु, एचआइभी। रोग जनावरबाट नै सरेका हुन् । फैलिएको नोबेल कोरोना भाइरस चमेराबाट सरेको हो भनेर बताइन्छ । एतिहासिक तथा कालक्रमिक दृष्टिकोणबाट अध्ययन गर्दा ई।पू।३००० वर्ष पहिले दक्षिणी चीनको होमिनमा महामारी फैलिएको र वस्ती नै चिहान भएको तथ्य मानवशास्त्रीहरुले पत्ता लगाएका छन् । यसरी विभिन्न समयमा महामारीहरु देखा पर्ने क्रममा ई।पू। ४३० मा अथेन्स ज्वरोको महामारी पाँच वर्षसम्म फैलिएको र एकलाख मानिसहरु मरेका थिए ।
सन् १६५ देखि १८० का बिचमा एन्टोनाइन लेगको महाविनाशकारी महामारी फैलिएको र इटाली, ग्रीस र एशियाका धेरै भूभागलाई प्रभावित पारेको थियो । यस महामारीमा करिब ५ लाख मानिसहरुको मृत्यु भएको थियो । साइप्रियन लेग सन् २५०(२७१ ले युरोपमा आतङ्क मच्चाएको थियो । इटालीको रोम शहरमा मात्र दैनिक पाँच हजार मानिसको मृत्यु भएको थियो । मानिसको अभावमा खाद्यान्न उत्पादन नभएर भोकमरीको समस्या सिर्जना भएको थियो । जस्टिन प्लेग सन् ५४१–५४२ ले एशिया, अरेबिया, उत्तर अफ्रिका र युरोपलाई नराम्रोसँग प्रभावित पारेको थियो । यसैगरी सन् ५२७–५६५ मा बेन्जाटाइन साम्राज्यमा फैलिएको महामारीले विश्वको तत्कालीन जनसंख्याको दस प्रतिशत अर्थात् पाँच करोड मानिसको मृत्यु भएको अनुमान छ । सन् १३४६–१३५३ मा फैलिएको व्युकोनिक, प्लेगलाई ब्लाक डेथ अर्थात् कालो मृत्यु भनिन्छ । यस महामारीमा पनि २ करोड मानिसको मृत्यु भएको थियो ।
अमेरिकी प्लेग सन् १५११–१५३२ ले मानिसको नाक कानबाट रगत बग्ने अधिक ज्वरो आउने हुँदा १ करोड ८० लाख मानिसको मृत्यु भएको थियो । यसै महामारीले ८० लाख मानिसको मृत्यु भएको थियो । यसै महामारीले सन् १५४८ एज्टेक र इन्का सभ्यतालाई विनाश गरी मेक्सिकोमा आतङ्क मच्चाएको थियो ।
सन् १७२३ देखि १७२९ सम्म फ्रान्सको मार्सेल शहरमा फैलिएको ग्रेट प्लेगले एक लाख मानिसको मृत्यु भएको थियो । सन् १७७०–१७७२ सम्म रुसको मस्को शहरमा फैलिएको प्लेगले एक लाख मानिसको ज्यान लिएको थियो । सन् १९१८–१९२० सम्म स्पेनमा फैलिएको प्लेगके महामारीबाट विश्वभर ५० करोड भन्दा बढी मानिसहरु संक्रमित भएका थिए भने ५ करोड मानिसको मृत्यु भएको थियो । यो सन् १३४७ पछिको दोस्रो ठूलो महामारी थियो । सन् १५२० देखि फैलिएको विफरको महामारीले एशिया, अरेबिया र युरोपलाई प्रभावित पारेको थियो । अमेरिका र मेक्सिकोमा यस रोगले ताण्डव नृत्य देखाएको थियो भने यसको महामारीबाट ५ करोड ६० लाख मानिसको मृत्यु भएको थियो । सन् १८४०–१८६०मा भारतबाट सुरु भएको हैजाको महामारीले एशिया, युरोप, अफ्रिका र उत्तर अमेरिकाका विभिन्न देशमा हाहाकार मच्चाएको थियो । यस हैजाको महामारीबाट विश्वभर करोडौँ मानिसको ज्यान गएके थियो । हैजाको महामारीबाट नेपालमा पनि विभिन्न समयमा धेरै मानिसको ज्यान गएको थियो ।
सन् २००९–२०१० को कालखण्डमा मेक्सिकोबाट सुरु भएको स्वाइन फ्लुबाट संसारभर लगभग ५ लाख ७५ हजार मानिस मरेको अनुमान छ । यो रोग सुँगुरबाट मानिसमा सरेको थियो । सन् २०१४– ०१६ सम्म फैलिएको इबोला भाइरस अफ्रिकी मुलुक गिनीबाट युरोप, अफ्रिका र अमेरिकासम्म फैलिएको थियो । यो रोग बाँदरबाट मानिसमा सरेको बताइन्छ । यस महामारीबाट विश्वभर ११३२५ जनाको मृत्यु भएको थियो । सन् १९५७–५८ मा कुखुराबाट मानिसमा सरेको एशियन फ्लु चीनबाट सिंगापुर, हङकङ हुँदै विश्वभर फैलिएको थियो । अमेरिकामा यस महामारीबाट १ लाख १६ हजार मानिसको मृत्यु भएको थियो । सन् १९६८ को जुलाइदेखि सेप्टेम्बरसम्म फैलिएको हङकङ फ्लुको महामारीले भियतनाम, सिंगापुर र अमेरिकालाई नराम्रो सँग प्रभावित पारेको थियो । यस महामारीमा परी १० लाख मानिसको ज्यान गएको थियो ।
सन् २००२–२००३ को समयमा देखापरेको सार्स कोरोनाले चिन, भियतनाम र हङकङलाई ज्यादै प्रभावित पार्ये भने मध्य पूर्व र अफ्रिकासम्म फैलिएको यस महामारीले २६ देशलाई चपेटामा पारेको थियो भने सात सय जनाको मृत्यु भएको थियो । सन् २०१३–१४ मा ब्राजिलबाट फैलिएको लामखुट्टेले जिका भाइरस नामक रोग फैलाएको थियो । फ्रेन्च पोलिनेशिया, मेक्सिको, अमेरिका लगायतका २४ देशमा यसको महामारी संक्रमित भएको र विश्वभर ८५ हजारभन्दा बढी मानिसहरुको ज्यान गएको थियो ।
नेपालले भोगेका महामारीहरु
विभिन्न वंशावली, विदेशीहरुका नेपाल सम्बन्धी लेख, विदेशी यात्रीहरुका यात्रा विवरण, विभिन्न समयमा राज्यका तर्फबाट गरिएको पत्राचार र विभिन्न सन्दर्भ सामग्रीहरुको अध्ययन गर्ने हो भने नेपालमा हैजा र विफरले ज्यादै सताएको चर्चा पाइन्छ । यस बाहेक लुतो, गानो, पिलो, आँठे, रुघाखोकी र जुका प्रमुख रोग थिए । महामारीले सबैभन्दा बढी काठमाडौँ उपत्यकालाई सताएको र त्रास फैलाएको थियो । यहाँ फैलिएको महामारीमा सबैभन्दा डरलाग्दो रुप हैजाले लिएको थियो । वंशावलीका अनुसार नेपालको लिच्छविकालका राजाहरु जयदेव तथा मल्लकालका राजा अरि मल्ल देव, अभय मल्लके शासनकालमा काठमाडौंमा महामारी फैलिएको कुरा उल्लेख छ ।
वि.सं.११७१ मा काठमाडौंमा ठूलो महामारी फैलिएको र यसबाट धेरै मानिसहरुको मृत्यु भएको कुरा उल्लेख छ । यो कस्तो महामारी थियो भन्ने सम्बन्धमा इतिहासकार धनव्रज बज्राचार्यले विफर हो भन्ने अनुमान गरेका छन् ।त्यसैगरी वि।सं। १३८६ मा काठमाडैंमा महामारी फैलिएको र त्यो विफरको महामारी हो भनिएको छ । सन् १७४० मा काठमाडौ उपत्यकामा महामारी फैलिएपछि तिब्बत जान हिँडेका केपुचिन पादरीहरु रोगलाई नियन्त्रणमा लिन काठमाडौँमा नाकावन्दी गरेपछि सन् १७४० फेब्रुवरी ६ देखि अक्टोबर ४ सम्म यहीँ रहेका थिए । २३ सेप्टेम्बर १८४७ मा कलकत्ताको अंग्रेजको माथिल्लो तहलाई पठाएको पत्रमा काठमाडौंमा हैजाको महामारी फैलिएको कुरा उल्लेख छ । यसै गरी सन् १७१६ मा काठमाडौँमा प्लेगको महामारी फैलिएको र २० हजार भन्दा बढी मानिसहरु पीडित भएको, यस बाहेक लुतो, विफर र हैजा समेत फैलिएको चर्चा केपुचिन पादरीहरुले गरेका छन् । यसै सन्दर्भमा राजा गीर्वाणयुद्ध विक्रम शाहको विफर ९शितला० को रोगले देहान्त भएको कुरा उल्लेख गरिएको छ ।
कोरोना भाइरस के हो र?
अनुवांशिक संरचनामा आर।एन।ए भएका भाइरस अर्थात् विषाणुको एउटा समूहलाई वैज्ञानिकहरुले कोरोना भाइरस नामाकरण गरेका छन् । भाइरसको वाह्य रुप किरिट अर्थात् श्रीपेच जस्ते भएकोले अंग्रेजीमा कोरोना नाम दिइएको हो। यसलाई नेपालीमा किरीटाकार विषाणु वा किरीट विषाणु पनि भन्न सकिन्छ । तर कोरोना भाइरस सबैले बुझ्ने नाम हो । यो विषाणु मानिसको नाक र मुखबाट प्रवेश गर्दछ । खोक्दा र हाछ्यूँ गर्दा एक व्यक्तिवाट अर्को व्यक्तिमा सर्दछ । यसले संक्रमित मानिसको फोक्सो, श्वासनली, घाँटीमा आक्रमण गर्दछ । यो रोग एक क्षेत्र हुँदै विश्वभर फैलिए पछि महामारीको संज्ञा दिइएको हे र यसलाई कोभिड–१९ भनिएको हो ।
कोभिड १९ को महामारी
केरेना भाइरस ९कोभिड १९० को सुरुवात २०१९ मा चीनको हुवेई प्रान्तको वुहान शहरको सी फुड र पोल्ट्री वजारमा देखा परेको थियो । वास्तविक तिथिको आधारमा यो बुहान शहरमा सन् २०१९ को डिसेम्बर महिनाको दोस्रो सातादेखि देखा पर्दै विश्वभर फैलिएको हो । केभडले महामारीको रुप लिएपछि विश्व स्वास्थ्य संगठन ध्ज्इ ले ३ जनवरी २०२० मा कोभिड १९ लाई अन्तराष्ट्रिय चासोको सार्वजानिक स्वास्थ्य संकट घोषणा गरेको थियो भने २०२० को मार्च ११ मा यसलाई महामारीको रुप लिएको घोषणा गरेको थियो । वि।सं। २०७६ साल पौष २० गते चीनको बुहान शहरवाट नेपाल फर्किएका ३३ नेपाली विद्यार्थीलाई जाँच गर्ने क्रममा माघ १०, कोरोना ९कोभिड १९० पुष्टि, थियो । यसरी कोभिड १९ संक्रमित राष्ट्रको दर्जा पाएपछि नेपालले २०७६ साल चैत्र ११ गतेबाट लकडाउन ९बन्दाबन्दी० सुरु गरेको थियो र ।
कोरोना भाइरसले जनजीवनमा पुऱ्याएको विविध असरहरुः
कुनै पनि परिस्थितीमा सिर्जना हुने महामारीले प्रत्यक्ष रुपमा समाजलाई असर पुऱ्याउँछ । कोभिड १९ को महामारीले हाम्रो नेपाली समाज तथा विश्व समाजको मानवीय अन्तरक्रिया र अन्तरसम्बन्धमा गहन असर पुऱ्याएको देखिन्छ । यसले विश्व मानव जगतमा निकै ठूलो संकट निम्त्याएको थिये। कोरोना भाइरस ९कोभिड१९० ले हाम्रो नेपाली समाजका विभिनन क्षेत्रमा गहन असर पुऱ्याएको थिये। ती क्षेत्रहरुलाई सामान्य रुपमा यसरी चर्चा गरिन्छः
१. सामाजिक जनजीवनको क्षेत्र
खास किसिमको महामारीले मानव जातिलाई विचार गर्न बाध्य पारेको छ । मानिसले एक आपसमा सहयोग गर्दै सामाजिक एकता कायम गर्न बल पुऱ्याएको छ भने अर्को तर्फ द्वन्द र प्रतिस्पर्धामा न्युनिकरण ल्याएको छ। महामारीको प्रकोपको समयमा कुनै पनि देशको जनसंख्याको स्वरुपमा परिवर्तन आउँछ । महामारीका कारणले विशेष उमेर समूहका मानिसको मृत्यु हुन्छ। यस्तो समयमा बाल, बृद्ध उमेर समूहमा प्रत्यक्ष असर पार्दछ । यसले सामाजिक सांख्यिकीमा असन्तुलनको स्थिती पैदा गराउँछ । अहिलेको यो महामारीमा अन्य उमेर समूह भन्दा बृद्ध उमेर समूहका मानिसहरुको बढी मृत्यु भएको छ । यस्तो माहामारीले समाजका अभिभावक र अनुभवी वर्गको कमी हुन्छ । समाजलाई निर्देश गर्ने समुहको अभावले समाज सही दिशातर्फ जान सक्दैन ।
अर्को तर्फ छरिएर रहेको परिवार एकै स्थानमा जुट्ने अवसर प्राप्त गर्दछन् । सुख–दुख साट्ने र मनका भावना साट्ने गर्दछन् । संख्यात्मकरुपमा परिवारको आकार बढेर जान्छ र अन्तरक्रिया पनि बढ्दछ । यसले सकारात्मक र नकारात्मक प्रभाव छोड्दछ । पारिवारिक बोझ र उत्पादनमा आउने ह्रासले परिवारको आर्थिक अवस्थामा कमजोरी पन देखा पर्छ । एक्काइसौं शताब्दीको पूँजीवादी अर्थ व्यवस्थामा ठूलो परिवारलाई राम्रो मानिँदैन । ठूलो परिवारले समस्या सिर्जना गर्दछ । अहिले हाम्रो समाजमा कोरोनाका कारणले परिवारका सबै सदस्य एक स्थानमा आई पुगेका छन् । यसले भविष्यमा समस्या सिर्जना गराउने संभावना प्रवल छ ।
२. आर्थिक क्षेत्र
समाजमा महामारी फैलिएपछि धेरै नागरिकहरुले आफ्नो आम्दानीको मुख्य स्रोत गुमाउनु पर्दछ । नेपाल लगायत विश्वका औद्योगिक शहरहरुमा धेरै मानिसहरु वेरोजगार भएका छन् । नेपालमा पनि संक्रमणका कारणले धेरै कामदारहरुले आफूले काम गरेको क्षेत्रमा रोजगारी गुमाउनु पयो ।
पारिवारिक र व्यक्तिगत कारणले २०७७ सालमा संगठित र स्वतन्त्र गरी ८० प्रतिशत भन्दा बढी मजदुरहरुले रोजगारी गुमाएको एक अध्ययनले देखाएको छ। यसले व्यक्तिको आम्दानीको स्वरुप साँघुरो बनाएको छ । यस्तो महामारीको समयमा हाम्रो नेपाली समाज तथा विश्व मानव समाजमा नै विषम परिस्थितिको सृजना भई समाजको स्वरुप र वर्गमा परिवर्तन ल्याउँछ । कोरोनाको कारणले राज्यको खाध उत्पादन क्षमतामा ह्रास आउँछ र आयातको स्थितिमा शिथिलता आउँछ । खाध संकट सिर्जना हुने खतरा देखा पर्दछ । कोरोना महामारीले समाजको अर्थतन्त्र धरासायी बनाउँछ । राजश्व घट्ने, आर्थिक वृद्धिदर घट्ने कूल घरेलु आम्दानी घट्ने,कालोबजारी बढ्ने, उधोग धन्दा पुर्नजीवन नहुने जस्ता दुरगामी असरहरु पर्दछन्।
३. धार्मिक तथा साँस्कृतिक क्षेत्र
औषधी विज्ञानले भूमिका खेल्न नसकेपछि महामारीले उग्र रुप लिने गर्दछ । यस्तो महासंकटको समयमा मानिसको सोच धर्मप्रति आकर्षित भएको हुन्छ । महासंकटको घडिमा देवताले केही गरेनन् भनेर मानिसमा नैराश्यता उत्पन्न भई आस्था परिवर्तन हुन सक्छ भने अर्कोतर्फ देवी देवता र धर्मप्रतिको आस्था अझ दरिलो र मजबुत हुँदै प्रतिबद्ध हुने गर्दछ । महामारीको घडिमा देवीदेवता र धर्मका विषयलाई लिएर अझ बढि अर्न्तक्रिया हुने गर्दछ । हाम्रो समाजमा कोरोना महामारीको संकटमा पनि धर्म प्रतिको अवधारणामा कुनै कमी आएन बरु अझ प्रतिबद्धता मजबुत भएको पाईयो । मठ मन्दिरहरु बन्द भए पनि घरमा गरीने नित्य पुजापाठमा कुनै कमी आएको देखिएन ।
महामारीले समाजमा हरेक क्षेत्रलाई छोएको हुन्छ । हाम्रो देश नेपाल सांस्कृतिक सम्पदाले सम्पन्न मुलुक हो। यहाँ एउटा न एउटा धर्म सम्प्रदायको जात्रा, पर्व परिरहेको हुन्छ । यस्तो महामारीमा मानिसहरू साँघुरो घेराभित्र खुम्चिन पुगेका छन् । ठुलाठुला जात्रा पर्वहरु घरमा नै सिमित हुन पुग्नाले जात्रा, पर्व, मेलाहरुका बारेमा पछिल्ला पिँढी कम जानकार हुनाले यसको विधि व्यवहारमा आँच आउन सक्ने देखिन्छ ।
४. शिक्षा र स्वास्थ्य क्षेत्र
शिक्षा प्रणाली सक्षम, सबल र व्यवस्थित भए मात्र राष्ट्रको सबै क्षेत्र सबल हुन्छ । कोभिड १९ को कारणले विद्यालय, विश्वविद्यालय अनिश्चित कालका लागी बन्द भएका थिए । पठनपाठन लगायत परीक्षाका कार्यक्रमहरु पनि अस्तव्यस्त भएका थिए। महामारीले लाखौँ विद्यार्थीको जीवन अनिश्चितता तर्फ धकेलिएको छ । मुलुकका लागी दिनुपर्ने गुणस्तरीय ज्ञान, सिप र प्रविधिको विकासमा शिथिलता आई विकासको गति अवरुद्ध हुन्छ । कोरोना भाईरस महामारीले नेपाल लगायत विश्व समाजमा नै नराम्रो असर पुऱ्याएको छ । संसार बदल्ने बौद्धिक समूह ज्ञान, विज्ञानबाट वञ्चित रहनाले उज्यालोबाँट अंध्यारोतिर भाँसिदै गएको देखिन्छ। महामारीको समयमा स्वास्थ्यको अवस्था ज्यादै नाजुक हुन्छ । शारीरिक तथा मानसिक रुपमा सबल भए मात्र मानिसले उत्पादन दिन सक्छ । जब महामारीको हाहाकार चल्छ, तब मानव अस्तित्वमा खतरा उत्पन्न हुन्छ । विभिन्न समयमा देखा परेका महामारीहरुले मानव सभ्यताको विभिन्न पक्षहरुलाई ध्वस्त बनाएको छ । खाद्य तथा पोषणको अभावमा स्वास्थ्य अवस्था अझै कमजोर हुन्छ । हाम्रो नेपाली समाजले भोगेको महामारी साँच्चै भन्ने हो भने चुनौतीपूर्ण छ । स्वास्थ्य सम्बन्धी पूर्वाधारको अभावमा हाम्रो समाजले यस्तो खतरनाक महामारीको सामना गर्ये । वृद्ध वृद्धा र स्वास्थ्य अवस्था कमजोर भएका नागरिकहरुको ज्यान गयो । हाम्रो समाजमा स्वास्थ्य पूर्वाधारको कमीले स्वास्थ्य उपचारमा धेरै कठिनाई आयो । राज्यको ठूलो धन राशि यसैमा खर्च हुँदा देश र समाज विकासका क्रियाहरु अवरुद्ध भए । आफैँमा सक्षम हुन नसकेका नागरिकहरुले महामारीको समयमा समाजमा अधिक कष्ट व्यहोर्नु पर्ने दृष्टान्त हाम्रो लगायत अन्य देशमा समाजले पनि भोग्नुपर्यो । महामारीको समयमा डाक्टर,नर्स लगायत स्वास्थ्य क्षेत्रका कामदारहरुको समाजमा उच्च मुल्याङ्कन भएको देखियो ।
महामारीले जनजीवनमा ल्याएको परिवर्तनः
कोरोनाको महामारीले हाम्रो नेपाली जनजीवनमा धेरै परिवर्तन ल्याये । केही सकारात्मक रुपमा देखा परे भने केही नकारात्मक रुपमा देखिए । नकारात्मक पक्षबाट हेर्ने भने समाजमा गरीबी बढ्ने, सामाजिक कलह बढ्ने, व्यक्तिमा मनोरोग मानिसमा त्रासको भावना, दुर्व्यसनीमा वृद्धि हुने जस्ता घटनाहरु देखा परे । सकारात्मक पक्षबाट हेर्ने हो भने मानिसमा सचेतनाको वृद्धि, व्यक्तिगत सरसफाई, खानपानमा सन्तुलन, घरेलु तथा आयुर्वेदिक औषधिको प्रयोग, प्रचारप्रसार भयो । गाउँघरमा पाइने जडिबुटीको प्रयोग र प्रचारप्रसारमा वृद्धि भयो । यसले गर्दा जडिबुटीको संरक्षण, सम्बर्द्धन, प्रयोग र विकासमा व्यापकता आयो ।
कोरोना महामारीको समयमा मानिसहरुको प्रत्यक्ष सम्पर्क नहुने भएपछि संचारका साधनहरुको प्रयोगमा वृद्धि भयो । कार्यालयका दैनिक क्रियाकलाप, बैठक, विद्यालयका पठन पाठनका कार्य समेत भर्चुअल माध्यमबाट सुरु भए । संचार प्रविधिको क्षेत्रमा नयाँ प्रयोग र विधिहरु अपनाइए । विकसित देश होस् या विकासशील देश दुबै तर्फकाको सार्वजनिक स्वास्थ्यको आयाम र राष्ट्रिय प्राथमिकतामा विशेष रुपले समाजको सबै भन्दा कमजोर तप्काको सामाजिक सुरक्षा ढाँचाको पुननिर्माणको आवश्यकता टड्कारो देखिन्छ । कोरोना भाईरसको महामारी पछिको संसारले ठुलो आर्थिक मन्दी भोग्नुपर्ने अवस्था छ । जसकाे असर हाल विश्वभर देखिँदै अएकाे छ ।