अवसर अन्तैको
लागे भर्ती , भिसा खुसी हुने सबै तब
भन्छन् आशा गर्न मिल्ने छैन यो देश अब
हिड्यो अस्ति जापान साथी बनाउन सुनौलो भविष्य
भन्छ केही वर्ष बसेपनि नेपाल, पछि बाहिरिनुपर्छ अवश्य।
साँच्चै आश छैन र अब देशमा
कि सबै हिँड्छन ट्रेन्ड र फेसनमा
देश पनि ढुक्क छ रेमिटान्स आउँछ भनी
मोटाउँछ त्यै बीचको लाखौं सोझा जनतालाई ठगी।
जान्छन् हजारौं बाहिर सुट्केस बोकी दिनमा
छाडेर परिवारलाई पछाडी त्यै दलदले ऋणमा
बैंकमा बस्छ घर जग्गा बनेर अटल धितो
माग्छन् बाउ पैसा साहुसँग ,फिर्ता गर्छु नी म छिटो ।
बाहिर गै १८बर्से त्यो हातले कुच्चो पनि समाउनु पर्छ
गर्न नसके यति काम उसले यता घर गुमाउन पर्छ
कचकच गर्न साहु पनि आउँछ खोज्दै घरैमा
भाग्दै हिँड्छन् बाबुआमा लाज हुने डरमा।
बाहिर पनि त्यै त होनि तलब दिन्नन् , पाउन्नन् कति
गफमा व्यस्त छिन् पत्नी, पैसा पठाउँछन् मेरा पति
ठगिएकाहरु पुग्छन् भेडीगोठ, बनाउन घर मरुभूमि
चित्त बुझाउँछन् कति त सहन्छु दुखै यो जुनी ।
बाबु कुर्छन ब्याज तिर्न आशा पैसाको राखेर
इत् गर्छ रे छोरो आजकाल ज्यानै बाजि थापेर
आमा भन्छिन फोनमा, आउँछस् कि त दसैँमा
गयो वर्षौं आमाको छोरा आउने आशैमा।
काम मात्र गर्न पाइन्न पढ्नु पनि पर्ने रे
घर यता जानै आँट्यो उसले अब गर्नु के
आत्तियो केटा उता धेरै घर जाने डरले
छाड्यो पढ्न उ अब काम गर्यो करले।
कोही भने उतै गई आफ्नै संसार बसाउँदैछ
बुढा भाको बा–आमाको त्यसै आँखा रसाउँदैछ
अब भन्छ २ वर्ष, गए यस्ता पाँच लहर
बाउआमा भन्दा त बढी बन्दो रैछ डलर।।