काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि परामर्श जारी गर्दै हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
शनिवार पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले मेघगर्जन, चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन आवश्यक तयारी गरी सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाइएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका १–१ स्थानमा हल्का वर्षा भइरहेको छ ।
शनिवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी भूभागका केही स्थानहरू तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शनिवार राति देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी भूभागका थोरै स्थानमा तथा कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको तराई भू–भागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
आइतवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । आइतवार पहाडी भूभागका केही स्थानहरू तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आइतवार राति देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी भूभागका थोरै स्थानमा तथा तराई भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सोमवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
सोमवार राति देशभर आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । मधेश प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ