नारी दिवसको महत्व हुनमा मजदुर महिला र विद्धान महिलाहरूले महिलाहरूका लागि भोट दिन र आर्थिक ज्यालाका कुराहरू उठाएका दिन भएकाले हो । सन १९०८ मा सर्वप्रथम महिलाहरू अमेरिको न्यूयोर्क शहरमा सडकमा निस्केका थिए । त्यो विद्रोह गरेको दिन लाई सम्झना गरी महिला दिवस मनाउने गरियो । त्यसको २ वर्ष पछि सन १९१० मा डेनमार्कको राजधानी कोपनहेगनमा अन्तर्राष्ट्रिय महिला सम्मेलन गरी सत्रवटा देशका करिब सयजना महिलाहरूले भाग मार्च आठलाई महिलाका दिवसका रुपमा मनाउने निर्णय गरे । यसपालाको नारी दिवसमा डिजिटल पद्धतिमा महिलाको पहुँच र लैगिंक समानताका प्रश्न उठाएर संयुक्त राष्ट्र संघले नारा तय गरेको छ । त्यसमा मिल्दो जुल्दो पारेर महिला मन्त्रालयले नेपाली नारा तय गर्दछ । यस दिवसले महिला आन्दोलनले समेटेका राजनैतिक, सामाजिक र आर्थिक विकासबारे चर्चा गर्दछ । यस किसिमको चर्चा गर्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशमा हेर्नुपर्ने हुन्छ । अर्को कुरा महिलाहरूको अवनति वा पछि परेको कारण श्रोत साधनमा पहुँच सीमित छ भन्ने विषय अध्ययनहरूले पुष्टि गरेको छ । महिलाको हितका लागि आर्थिक लगानीको कमीले हो भन्ने निर्क्योल भैसकेको छ ।
महिलाहरूले केयर इकोनमी जस्तो घरको काम, बालबच्चा परिवारको स्याहार सम्भार र कृषि कामहरू गणनामा नपर्ने भएकाले उनीहरूको काम अदृश्य रहने गर्दथ्यो । यी विषयहरू चर्चामा ल्याउन थालियो । हाम्रो देशमा करिब ३० वर्षयता मात्र महिलाललाई पनि आर्थिक हकदार बनाउन पर्ने र पैतृक सम्पत्तिमा महिलाका अधिकारका कुरा सशक्त रुपमा अगाडि आयो ।
हाम्रो अर्थतन्त्रमा पनि महिलाको योगदान पहिचान गर्न जनगणनामा महिलाको काम बारे औपचारिक रुपमा समावेशको प्रयास गरियो । महिलाहरूले केयर इकोनमी जस्तो घरको काम, बालबच्चा परिवारको स्याहार सम्भार र कृषि कामहरू गणनामा नपर्ने भएकाले उनीहरूको काम अदृश्य रहने गर्दथ्यो । यी विषयहरू चर्चामा ल्याउन थालियो । हाम्रो देशमा करिब ३० वर्षयता मात्र महिलाललाई पनि आर्थिक हकदार बनाउन पर्ने र पैतृक सम्पत्तिमा महिलाका अधिकारका कुरा सशक्त रुपमा अगाडि आयो ।
महिलाका विकासका लागि शिक्षा, स्वास्थ्य र कानूनी सेवा सबै आवश्यक हुन्छन् र ती सेवाहरू प्राप्त गर्न आर्थिक विकास आवश्यक छ हाम्रो देशमा विभिन्न रुपमा महिलालाई लक्षित गरेर आर्थिक कार्यक्रम सञ्चालन भएका छन् र ती कार्यक्रमलाई सहकारीमा रूपान्तरण गरिएका पनि छन् । । हाम्रो देशमा सामाजिक राजनीतिक चेतनाका लागि धेरै संस्था स्थापना भएका छन् । महिला विकासका प्रयासलाई हेर्दा पनि पुष्टि हुन्छ ।
हाम्रो देशमा छैटौँ योजनाबाट महिलाको आर्थिक क्षेत्रमा दिएको योगदान पहिचान भएको हो (२०३७-२०४२) महिलाहरूलाई कृषि शिक्षा घरेलु उद्योगमा संलग्न गर्ने विषय आयो । वि सं २०४८ देखि उनीहरूको आर्थिक क्षेत्रको योगदान गणना गर्न जनगणनाका प्रश्नावलीहरुमा सुधार गरि उनीहरुका ज्याला नपाउने काम पनि गणना गर्न कोशिस भयो ।
साना किसानहरुको जीवनस्तरमा सुधार ल्याउन सन् १९७० को दशकमा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम र विश्व खाद्य तथा कृषि संगठनको संयुक्त तत्वावधानमा एशियाका नौ वटा देशहरुमा नेपाल, भारत, बंगलादेश, इन्डोनेसिया, लाओस, श्रीलंका, थाइलैण्ड, दक्षिण कोरिया र फिलिपिन्सको सर्वेक्षण गरी ‘साना किसान विकास कार्यक्रम’ संचालन गर्ने सुझाव पेश भयो । वि।सं। २०३२ ९सन १९७५० देखि नेपालमा कृषि विकास बैंकले खाद्य तथा कृषि संगठनको सहयोगमा तराईको धनुषा र पहाडी भेगको नुवाकोट जिल्लामा ‘साना किसान विकास आयोजना’ लागू भयो ।
साना किसान समूह मार्फत ऋण प्रवाह गर्दा महिलाहरूलाई पनि समूहमा ऋण दिने क्रमको शुरुवात भयो । यसपछि महिला दशकमा सन्दर्भमा ग्रामीण अर्थ व्यवस्थामा महिलाको सहभागिता र देनवारे तथ्याङ्क लिने सम्बन्धमा नेपालका आठ वटा गाउ“मा आठ विभिन्न जातिका महिला समुदायबारे महिलाहरूको स्तर विषयमा तीन वर्षे अध्ययन गरिएको थियो ।