काठमाडौं - शिवशिखर बहुउद्देश्यीय सहकारी सुदूरपश्चिम प्रदेश शाखाले आफ्ना सदस्यहरुलाई निर्धक्कसँग कारोबार गर्न आग्रह गरेको छ । सुदूरपश्चिम प्रदेश वरिष्ठ प्रबन्धक हेम राज जोशीले विज्ञप्ति जारी गर्दै सदस्यलाई संस्थाप्रति सामाजिक सञ्जालमा विभिन्न खालका टीका टिप्पणी र नकारात्मक रुपमा आइरहेकाले अनर्गल प्रचारमा विश्वास नगर्न आग्रह गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ,'संस्थाप्रति सामाजिक सञ्जालमा विभिन्न खालका टीका टिप्पणी र नकारात्मक कुराहरू आइराखेको यस परिस्थितिमा सत्यताको विषय उजागर गरी सदस्यहरुलाई निर्धक्कसँग कारोबार गर्ने वातावरण सृजना गर्नका लागि यो प्रकाशन गरेका छौँ ।'
'संस्थाको वार्षिक साधारण सभाको आर्थिक प्रतिवेदनको प्रति सेवा केन्द्रहरुले प्राप्त गर्ने बित्तिकै हामी हाम्रा सम्पूर्ण सदस्य महानुभावहरूलाई उपलब्ध गराउने छौँ । बजारमा चलेको अफवाह जस्तो संस्थामा त्यस्तो किसिमको कुनै पनि अवस्था नरहेको हामी हाम्रा सम्पूर्ण सदस्य महानुभावहरुमा विनम्रता पूर्व जानकारी गर्न चाहन्छौँ।'
यस्तै सहकारीले साधारण सभाको आर्थिक प्रतिवेदन समेत सम्पूर्ण सदस्यलाई उपलब्ध गराउने जनाएको छ । 'हामी संस्थाको साधारण सभा गर्ने तयारीमा पनि रहेका छौँ । विज्ञप्तिमा भनिएको छ, 'संस्थाको वार्षिक साधारण सभाको आर्थिक प्रतिवेदनको प्रति सेवा केन्द्रहरुले प्राप्त गर्ने बित्तिकै हामी हाम्रा सम्पूर्ण सदस्य महानुभावहरूलाई उपलब्ध गराउने छौँ । बजारमा चलेको अफवाह जस्तो संस्थामा त्यस्तो किसिमको कुनै पनि अवस्था नरहेको हामी हाम्रा सम्पूर्ण सदस्य महानुभावहरुमा विनम्रता पूर्व जानकारी गर्न चाहन्छौँ ।'
सहकारीले सिङ्गो देश नै आर्थिक तरलतामा गुज्रिरहेको परिवेशमा सामान्य सहकारी तथा वित्तीय संस्था पनि त्यस को मार मा परेको भएपनि सहकारी त्यस्तो नराम्रो अवस्थामा नरहेको र सदस्य को विश्वास कुनै पनि हालतमा टुट्न नदिने बताएको छ ।
'अहिले सिङ्गो देश नै आर्थिक तरलतामा गुज्रिरहेको परिवेशमा सामान्य सहकारी तथा वित्तीय संस्था पनि त्यस को मार मा परेको कुरा विदित नै छ । हामी त्यस्तो नराम्रो अवस्थामा नरहेको र सदस्य को विश्वास कुनै पनि हालतमा टुट्न दिँदैनौ',सहकारीले भनेको छ ।
सहकारी संस्था सबैको विश्वासबाट माथि उठ्न बताउँदै सहकारीले दुबिधामा नपरी संस्था ढुक्कसँग नियमित कारोबार गर्नसम्पूर्ण सेयर सदस्य महानुभावहरूमा अनुरोध गरेको छ । सहकारीले भनेको छ, 'सहकारीमा सदस्य प्रधान हुन्छ, त्यो संस्थालाई कसरी जोगाउने र कस्तो अवस्थामा पुर्याउने भन्ने कुरा सदस्य महानुभावहरूकै हातमा हुन्छ । सुदूरपश्चिम प्रदेशका हरेक सेवा केन्द्रले सदस्य महानुभावहरूलाई कर्जा स्वरूप लगानी गरेका छौँ । यस बाहेकको संस्थाको आर्थिक गतिविधिको सम्पूर्ण विवरण वार्षिक साधारण सभाको पुस्तीकाका मार्फत सम्पूर्ण सेयर सदस्य महानुभावलाई उपलब्ध गर्ने वचनबद्धता प्रकट गर्न चाहन्छौँ ।'
साथै, सहकारीको सुदूरपश्चिम प्रदेश शाखाले भक्तपुरमा मुख्य कार्यालय रहेको सहकारीको प्रधान कार्यालयले जारी गरेको विज्ञप्ति मार्फत समेत सबै विषय स्पष्ट भएको जनाएको छ । यसअघि, प्रधान कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा केही समस्या आएको भएपनि प्रचार गरिएजस्तो नभएको भन्दै बचतकर्तालाई अफवाहको पछि नलाग्न आग्रह गरेको थियो ।
सहकारीले भनेको छ, 'शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाप्रति विभिन्न सामाजिक सञ्जालमा आएका समाचारप्रति हामी दुःख प्रकट गर्न चाहन्छौ । प्रधान कार्यालयबाट हिजो प्रेस विज्ञप्ति प्रकाशित गरी हाम्रा सदस्यहरूलाई धेरैजसो कुरामा स्पष्ट पार्ने प्रयास हामीले गरेका छौँ । बहुउद्देश्यीय प्रकृतिमा सहकारी विभागमा दर्ता भई देशका विभिन्न जिल्ला र क्षेत्रमा सदस्य सेवा केन्द्रको स्वीकृतको अनुमति लिएर भक्तपुरमा प्रधान कार्यालय रहेको यस शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको मातहतमा नेपाल भरिमा ३७ वटा सदस्य सेवाकेन्द्रहरु सञ्चालनमा रहेका छन्। सहकारीको माध्यमबाट देशको सामाजिक आर्थिक विकास गर्ने मुख्य उद्देश्यका साथमा स्थापना काल देखि नै हामी लागि राखेका छौ।'
यस्तै, सहकारीले सुदूरपश्चिम प्रदेशमा हाल सात वटा सदस्य सेवा केन्द्र हरू सञ्चालनमा रहेको कुरा सर्वविदित नै भएको समेत उल्लेख गरेको छ ।
सहकारीको विज्ञप्तिमा उल्लेख छ, सुदूरपश्चिम प्रदेशमा संस्थाको नाममा धनगढी कैलालीमा आफ्नै ३ तल्ले भवन रहेको छ । त्यसैसरि डडेलधुरा जिल्ला स्थित तुफनडाँडामा संस्थाको नाममा ४ तल्ले भवन रहेको र सोही भवन बाट शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र संस्था द्वारा सञ्चालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरले सुविधा दिइराखेका छन् । संस्थाकै लगानीमा डडेलधुरा जिल्लाको बागबजारमा गार्डेन मार्टको अर्को शाखा रहेको छ । त्यसै गरी महेन्द्रनगर स्थित भीमदत्त नगरपालिका मा ५ तल्ले घर भाडामा लिई ५ तल्ला मा गार्डेन मार्ट र एक तल्लामा संस्थाको कार्यालय रहेको छ । त्यसै गरी कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका मा संस्थाको घर भाडामा लिई सहकारीको कार्यालय र स्थानीय स्तरमा किसानले उत्पादन गरेका कृषि जन्य वस्तुको खरिद बिक्री केन्द्र स्थापना गरेका छौँ ।'