सन् २०१६ मा हामी हाम्रो संस्था नारी चेतना केन्द्रबाट तीन जना मेक्सिको गएका थियौं । त्यहाँ हाम्रो अनुभवमा आधारित सामुदायिक विकासअन्तर्गतको बचत ऋण कार्यक्रममा बचत र लगानीका प्रक्रियाहरूबारे छलफल रहेको थियो । नेपाली ग्रामीण महिला समूह र उनीहरूका आर्थिक क्रियालाप अनि त्यसका लगि उनीहरूको बचत संकलनको तरिका चुनौती र समस्याका बारे अनुभव आदानप्रदानका क्रममा मेक्सिको पुग्यौं ।
हामी तीन जन मध्ये दुई जनाको अमेरिकाको भिसा थियो । एक जना साथीले भने मेक्सिकोको भिसाका लागि आवेदन दिनुपर्ने थियो । डिल्लीमा दूतावास रहेछ । त्यहाँ गएर भिसा निवेदन दिनुपर्ने अनि ज्यादै कन्जुस गर्दा रहेछन् । अचम्म लागेको विषयचाहिँ मेक्सिकोको भिसा हतपत दिँदो रहेनछ । किनकि मेक्सिकोवाट अवैध तवरले मानिसहरू अमेरिका जाने गर्दा रहेछन् । नेपाली मात्र होइन अफ्रिका, भारत र जुनसुकै देशका सहभागीलाई पनि मेक्सिकन भिसा पाउन कठिन भएको थाहा पायौँ । गीता दाहालले डिल्ली गएर मेक्सिकोको भिसा पाउन सफल भइन् । म र सृजना पौडेल कतार एयरवेजबाट दोहा हुँदै अमेरिका र त्यहाँबाट मेक्सिको । गीताचाहिँ ओमन, पेरिस हुँदै मेक्सिकोको सम्मेलन स्थल पुगिन् ।
मेक्सिको सीधा जाने साथीलाई नेपालको टिकट काउन्टरदेखि नै मेक्सिको किन जाने भनी सोधपुछ गरेकाले मुस्किलसँग यात्रा पूरा भयो । हाम्रो जस्तो महिला बचत ऋण समूहको आर्थिक कारोबार र काम दिगो शैलीको देखेर उनीहरूले सिकेर Buen Viver Fund नाम दिएर एउटा कोष खडा गरेछन् । त्यो कोष सञ्चालनका लागि कसरी गर्ने भनेर सबैको विचार लिने क्रममा अनुभवीजतिलाई संस्थापक सदस्य बनाइएको थियो ।
विश्वका विभिन्न भागका सोह्र वटा संस्थाहरूका प्रतिनिधिहरूमध्ये हामी नेपालबाट नारी चेतना केन्द्रका हामी पनि founding circle of Buen Viver Fund निर्माण समूहमा छानिएका थियौं । यो कार्यक्रम सन् २०१६ अक्टोबर ९ देखि १६ मा आयोजना गरिएको थियो । विभिन्न देशका विकास कार्यकर्ता, लगानीकर्ता भेला भएका थिए । अमेरिकामा मुख्य कार्यालय भएको इन्टरनेसनल विकास अनुभव आदानप्रदान संस्थासँग साझेदार भै काम गर्ने नारी चेतना केन्द्र जस्ता संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।
सबै सहभागीहरू मेक्सिकोको सहरको कासा सिट्ला नामक तालिम केन्द्रमा भेला भयौं । खानेबस्ने बन्दोबस्त थियो । मेक्सिकन किसिमको खाना नेपालीसँग मिल्दो जुल्दो र मीठो थियो । विभिन्न देशका महिला र केही पुरुषहरूले आपूmले गरेको काममा कसरी यो विचार समाहित गर्न सकिन्छ, छलफल गरी रणनीति बनाएका थिए, किनकि हामी पनि समुदायमा आर्थिक कार्यक्रम भनौं विपन्न महिलाहरूका लागि वैकल्पिक आर्थिक क्रियाकलाप गर्न सफल रूपमा सञ्चालन गरेकामध्येमा पर्दछौं । Buen Viver भनेको चाहिँ समुदायमा न्यायसङ्गत तवरबाट आर्थिक स्रोत लगानी गर्ने र उनीहरूका फाइदा ध्यानमा राखेर समुदायमा पुनः आम्दानी वृद्धि हुने गरी लगानी गर्ने पद्धतिलाई भनेका रहेछन् । एक किसिमले समूह बचत सहकारीहरूले बचत र लगानी गरेको जस्तो पनि रहेछ ।
महिलाहरूले आय आर्जनका लागि नेपालमा पाइने अल्लो जस्तो बिरुवाबाट भान्साको टेबलमा राख्ने म्याट, ब्याग, किरिङ, नुहाउँदा जीउ सफा गर्ने जालोहरूजस्ता हातबाट बनाइएका सामान विदेश निर्यात गर्दा रहेछन । यति बेलाको यात्रामा हामीले मेक्सिकोका ग्रामीण महिलाहरूले गर्ने कामहरू र गाउँले जीवन हेर्ने मौका पायौं ।
वैचारिक छलफलपछि हामी महिलाका संस्था हेर्न गयौं । सहरबाट बसमा जाँदा तीन घन्टाजति पर गाउँमा महिलाहरूको संस्थाको काम हेर्न गयौं । त्यहाँ पनि बचत ऋण समूह रहेछ, व्यवस्थापन समितिका महिलाहरूसँग कुरा भए । त्यहाँ सरकारले व्यक्तिगत बचत गर्न भने स्वीकृत दिएको रहेनछ । अनुदान भने लिन सक्दा रहेछन् अनुदानका लागि बचत समूह बनेका रहेछन । मेक्सिको सहरका वरिपरिका त्यो क्षेत्रमा माटो त मलिलो थिएन, गाउँ घुम्दा जताततै थरीथरी सिउँडीका बोटहरू भुइँमा राता कमिलाका ताँतीहरू जस्तै देखिन्थे । अनि गाउँका बाटोवरिपरि सिउँडी काँडाका बोटहरू थिए ।
महिलाहरूले आय आर्जनका लागि नेपालमा पाइने अल्लो जस्तो बिरुवाबाट भान्साको टेबलमा राख्ने म्याट, ब्याग, किरिङ, नुहाउँदा जीउ सफा गर्ने जालोहरूजस्ता हातबाट बनाइएका सामान विदेश निर्यात गर्दा रहेछन । यति बेलाको यात्रामा हामीले मेक्सिकोका ग्रामीण महिलाहरूले गर्ने कामहरू र गाउँले जीवन हेर्ने मौका पायौं ।
हामीलाई कसरी जोखिम मोलेर युवाहरू अमेरिका जाँदा रहेछन् भन्ने पनि अवलोकन गर्ने अवसर मिल्यो । मेक्सिकोमा यो नदीमा हामफालेर तरेर सिमाना कटेर जानु भनेको ज्यान जोखिम रहेछ । यस भेगका मानिसहरू युवापुस्ता लुकीछिपी नदी पार गरेर ज्यान हत्केलामा हालेर अमेरिकासँग जोडिएको भाग टेक्सस पुग्ने रहेछन् । जहाँ सिमानामा पर्खाल लगाएको भए पनि पर्खाल नाघेर अमेरिकाको टेक्सस राज्यपट्टि हामफाल्ने रहेछन् ।
यस पटकको कार्यक्रम पूरा गरेर नेपाल फर्केपछि हामीले हाम्रो विचार आदानप्रदान गर्न conference call बाट मिटिडङमा भाग लिन पर्दथ्यो । मचाहिँ बिहानको समयमा भाग लिन मन पराउँथे अनि मलाई अर्ली पर्सन भन्थे पश्चिमा साथीहरूले । भनेको चाहिँ बिहान सबेरै उठ्ने बानी भएको भनेको रहेछ ।
प्रविधिको विकासले टाढा–टाढा भएका साथीभाइहरूको विचार सुन्न मिटिङ हुन्थ्यो । अन्य देशका संस्थाहरूले पनि आप्mनो काममा यो सङ्कलित फन्डबाट पैसा सापट लिएर विकासमा लगाउने र फिर्ता गर्ने शैलीलाई दिगो शैली भनेर मन पराए । ती विभिन्न देशका संस्था भारतीयलगायतले चाहिँ अमेरिकी विकास संस्थाबाट ऋण लिन सफल भए तर हाम्रो परिवेशमा चाहिँ शून्य ब्याजमा पनि ऋण लिन सम्भव भएन । हाम्रो नेपाली परिवेश भिन्न थियो । बाह्य ऋण लिन सहज थिएन । धेरै जटिल भएकाले हामीले नलिने विचार राख्यौं ।
अर्को विषय हामीले महिलाहरूका बचत ऋण समूहहरूलाई पच्चीसौँ वर्षदेखि महिला सहकारीमा रूपान्तरण गरेर आत्मनिर्भरतातर्फ उन्मुख गराउने कार्य गरेका छौं । खुसीको विषयचाहिँ हाम्रो किसिमको नेपाली कामबाट नै सिकेर उनीहरूले यो बुएन भिवर फन्डको स्थापना गरेका थिए ।