भैरहवा— नेपाली कांग्रेस रुपन्देहीले लुुम्बिनी प्रदेश सरकारले प्रदेशको अस्थायी मुकाम रुपन्देहीबाट दाङ सार्न लागिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । नयाँ सरकार नवन्दै बर्तमान कामचलाउ सरकारले जसरी पनि प्रदेश राजधानी सार्ने तयारी गरिरहेका बेला कांग्रेसले ध्यानाकर्षण गराएको हो । कांग्रेसले राजधानी लैजाने जिम्मा संरचनाहरु निमार्ण भएपछि नयाँ बन्ने सरकारलाई दिनुुपर्ने माग गरेको छ ।
दुई वर्षअघि प्रदेश सभाबाट राजधानी दाङको देखुुरी उपत्यका र अर्घाखाँचीको सितगंगा नगरपालिकाको राप्ती किनारको सेरोफेरोमा लैजाने निर्णय भएको थियो । सोहीअनुसार अहिले त्यहाँ संरचना नै निमार्ण नभएको अवस्थामा राजधानी सार्न हतार गरिएको भन्दै कांग्रेस रुपन्देहीले हतार नगर्न आग्रह गर्दै यो माग अघि सारेको हो ।
कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले बिज्ञप्ती जारी गर्दै प्रदेशसभाको नियमित काम गर्न समेत संरचना निमार्ण नभएको अवस्थामा हतारमा राजधानी सार्दा दैनिक कामकाजमा पर्न सक्ने असरतर्फ पनि प्रदेश सरकार सचेत हुनुुपर्ने उल्लेख गरेका छन् ।
‘तत्काल सार्वभौम प्रदेशसभाको निर्णय कार्यान्वयन गर्दा प्रदेश सरकार, संसद, बिषयगत समिति लगायतका संरचनाको नियमित संचालन र व्यबस्थान गर्न साथै प्रदेशसभा र सरकारसँगैै जाने सभासद र कर्मचारीको आवासका लागि पर्याप्त पूर्वाधार नभएको स्थानमा जवजस्ती लैजानुु प्रदेशसभा तथा प्रदेश सरकारको सेवा प्रभाहमा समेत प्रतिकुल असर पर्ने देखिएकोले तत्काल मुकाम सार्ने प्रक्रिया रोकी भौतिक संरचना निमार्णमा ध्यान दिन, नवनिर्वाचित प्रदेशसभा सदस्यबाट बन्ने नयाँ सरकारलाई सोको कार्यभार सुम्पन आह्वान गर्दछौ,’ सभापति खाणद्वारा जारी ज्ञिप्तीमा भनिएको छ ।
प्रदेशको मुकाम कहाँ राख्ने र सार्ने भन्दा बढी प्राथमिकता प्रदेश सरकारले प्रदेशबासीको दैनिकीसँग जोडिने गरी कानुुन निमार्णमा ध्यान दिन कांग्रेसले आग्रह गरेको छ । पछिल्लो निर्वाचनको सांकेतिक अभिमतलाई दृष्टिगत गर्दै प्रदेश मुकाम जहाँ छ, त्यहीबाट चुस्त रुपमा सेवा संचालनको माग कांग्रेसको छ । लुम्बिनी सरकारले अहिले पूर्वाधारविनै दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्राविधिक शिक्षालयको भवनमा मन्त्रालय लैजाने तयारी गरिरहेको छ ।