+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बालेन लेख्छन्ः मलाई हराउने नाममा देशलाई नहराउनुहोला

तनहुँ खबर
७ महिना अगाडी

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूलाई हराउने नाममा देशलाई नहराउन सुझाएका छन् ।उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई उनले आफ्नो सहर, क्षेत्र र देशलाई हार्न नदिन सुझाएका हुन् ।


सामाजिक सञ्जाल फेसबुकमा मेयर बालेनले सार्वजनिक सम्पत्ति जोगाउने प्रयास सधैं कुरामै रहेको बताएका छन् ।

‘अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो । कहिले गर्ने हो ?’, प्रश्न गर्दै उनले भनेका छन्, ‘मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला । यत्रो गणेशमान सिंह, पीएल सिंह र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला ।’

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर