+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एसईई दिएर पौडी खेल्न गएका परीक्षार्थीको डुबेर मृत्यु

तनहुँ खबर
७ महिना अगाडी

तनहुँ

दोलखाको बिगु गाउँपालिका–२,जगतमा एसईई सकेर पौडी खेल्न गएका परीक्षार्थीको तामाकोसी नदीमा डुबेर मृत्यु भएको छ।

बिगु गाउँपालिका–२, ओराङका १७ वर्षीय प्रवीन तामाङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। देउलाङ्गेश्वर माविमा अध्ययनरत छात्र तामाङ गाउँपालिकास्थित गौरीशंकर माविमा एसईई दिन आएका थिए।

जगतमा कोठा भाडामा लिई बसेका तामाङ बिहीबार परीक्षा सकेर साथीसँग नुहाउन भनी तामाकोशीमा गएका उनको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर