+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लागुऔषधसहित ३ जना पक्राउ

तनहुँ खबर
७ महिना अगाडी

दुलेगौंडा

पोखरामा लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । गोप्य सूचना पाएको प्रहरीले पोखरा महानगरपालिका–१७ छोरेपाटनबाट ३ जनालाई लागुऔषधसहित पक्राउ गरेको हो ।

म्याग्दी घर भइ हाल कास्कीको पोखरा महानगरपालिका– ११ रानिपौवा बस्ने २६ वर्षकी एलिना सोतोन्जा पुन, कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ बस्ने ४१ वर्षीय सार्जन गुरुङ र र माछापुच्छ्रे–६ बस्ने ३० वर्षका सुजन गुरुङलाई खानतलासी गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ ३४० मिलिग्राम, लागू औषध बुप्रिनर्फिन १४४ एम्पुल, डाइजापाम १४३ एम्पुल, फेनरागन १४२ एम्पुल गरी जम्मा ४२९ एम्पुल बरामद गरिएको छ । उनीहरुको साथबाट ४ थान मोबाइलसमेत बरामद भएको हो ।
जिल्ला अदालत कास्कीले लागु औषध सम्बन्धी मुद्वामा ७ दिनको म्याद थप गर्दै अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर