+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तनहुँको ऋषिङमा वरिष्ठ प्रहरी हवल्दार मृत फेला

तनहुँ खबर
७ महिना अगाडी

दुलेगौंडा–तनहुँमा वरिष्ठ प्रहरी हवल्दार मृत फेला परेका छन् । ऋषिङ प्रहरी चौकीमा कार्यरत ओमबहादुर विक मृत फेला परेका हुन् ।

चौकी नजिकैको बेलौतिको रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बिहान ५ बजे उनलाई मृत फेला पारिएको हो । रुपन्देही घर भएका उनी कार्तिकदेखि ऋषिङमा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार ओमबहादुर डिप्रेसनका बिरामी थिए ।

उनको परिवार रुपन्देहीबाट आएका छन् । परिवार आएपछि शवलाई पोस्टमार्टम लगिदैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर