+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पत्रकार महासंघले तनहुँले सदस्यको पारिवारिक स्वास्थ्य बीमा गराउने

तनहुँ खबर
९ महिना अगाडी

दुलेगौंडा

नेपाल पत्रकार महासंघ तनहुँले शाखाका सदस्यहको पारिवारिक स्वास्थ्य बीमा गराउने भएको छ ।

मङ्सिर २८ गते भएको निर्वाचनबाट निर्वाचित नयाँ समितिको शुक्रबार पदस्थापन पश्चात् बसेको पहिलो बैठकले शाखाका सम्पूर्ण सदस्यको तीन वर्षका लागि पारिवारिक स्वास्थ्य बीमा गराउने निर्णय गरेको हो ।

बैठकले महासङ्घको सल्लाहकारमा अध्यक्षका निकटम प्रतिस्पर्धी नारायण खड्का, निवर्तमान अध्यक्ष उज्ज्वल पौडेल र पूर्व अध्यक्ष ओमकार आचार्यलाई मनोनयन गर्ने निर्णय गरेको शाखाका सचिव कृष्ण न्यौपानेले जानकारी दिए ।

बैठकले पत्रकार महासङ्घमा सञ्चारकेन्द्र स्थापना र अतिथिगृह निर्माण गर्ने निर्णय गरेको छ । त्यस्तै नेपाल पत्रकार महासङ्घको अधिवेशन सम्पन्न गर्नका लागि सहयोग गर्नुहुने निवर्तमान कार्यसमिति, निर्वाचन प्रबन्ध समिति, सुरक्षा निकाय लगायत सम्पूर्ण पक्षलाई धन्यवाद ज्ञापन गर्दै महासङ्घको केन्द्रीय सचिवमा निर्वाचित हुनुभएकामा शाखाका सदस्य सोनी शर्मालाई बधाई ज्ञापन गर्ने निर्णय गरिएको छ ।

बैठकमा शाखाका अध्यक्ष डिपी अधिकारीले महासङ्घको संस्थागत विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर