+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सूर्यदर्शन सहकारीः दीपेश पुन पनि प्रतिवादी (प्रतिवादीको सूचीसहित)

तनहुँ खबर
१० महिना अगाडी

पोखरा

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको मुद्वामा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेशकुमारलाई पनि प्रतिवादी बनाइएको छ ।

आइतबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालत कास्कीमा दायर गरेको अभियोगमा पुनलाई पनि प्रतिवादी बनाइएको हो । उनी फरार प्रतिवादीको रुपमा छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले कुल ४४ जनालाई प्रतिवादी बनाइएको जानकारी दिइन् । त्यसमा आठ वटा कम्पनी र ५ जना सम्पत्ति जफत प्रायोजनार्थ रहेका छन् ।

अदालतमा दायर गरेको मुद्वामा पुनसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछाने, पूर्वडिआइजी छविलाल जोशी, गिता पछाई, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, नेत्रपाणी बाँस्तोल, देबेन्द्रबाबु राई, विज्ञान राई, विशाल तामाङलाई प्रतिवादी बनाइएको छ ।
विश्वविक्रम राई, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्तबाबु राई, ओमप्रकाश गुरुङ, बिरबाहदुर रानाभाट, दिपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठ, लक्ष्मीकुमारी श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको हो ।

देवकुमार नेपाली, ज्ञानबहादुर बम्जन, मिना गुरुङ, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, लिलाबहादुर गुरुङ, पेशलकुमार राई, कृष्णबहादुर गुरुङ, देव कुमार नेपाली, शकुन्तला गुरुङ, मिश्रकुमारी गुरुङ, रितु ताम्राकारलाई प्रतिवादी बनाइएको छ ।

सम्पत्ति जफत प्रयोजनार्थ रास्वपा सभापति रवि लामिछाने पत्नी निकिता पौडेल, पद्मा बन्जाडे जोशी, रोचक जोशी, राधा पछाई र गीता पछाईंलाई प्रतिवादी बनाइएको हो ।

शुक्रबार जिबी राई लगायत १९ जनालाई प्रतिवादी बनाएर थप अभियोगपत्र दायर गरिएको थियो । जिल्ला सहायक न्यायधिवक्ता शर्माका अनुसार पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा मूल अभियोग पत्र, थप अभियोग पत्र र पूरक अभियोग गरेर कुल ६३ जनालाई प्रतिवादी बनाइएको छ ।

उनीहरुबाट एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ ३ पैसा अपचलन गरेको पुष्टी भएकाले बिगो माग गरिएको छ । हालसम्म २३ जना प्रतिवादी पक्राउ परेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर