+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रविविरुद्ध २७ करोड ८९ लाखको सम्पत्ति शुद्धीकरणको मुद्वा

तनहुँ खबर
१० महिना अगाडी

पोखरा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्वामा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ आर्जन गरेको अभियोग लागेको छ ।

आइतबार सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालतमा दायर गरेको मुद्वामा उक्त रकम गैरकानुनी तवरले आर्जन गरेको खुलाइएको हो ।

गोखरा मिडिया नेटवर्कमा पूर्वगृहमन्त्री लामीछानेका साझेदार बनेको पूर्वडिआइजी छविलाल जोशीले ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरणको मुद्वा परेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले ३१ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गरेको बताइन् । सहकारी ठगीमा ३१ जना, संगठित ठगीमा १९ जना र सम्पत्ति शुद्धीकरणको मुद्वा ४ जनालाई लगाइएको छ ।

सम्पत्ति शुद्धीकरणमा रवि लामीछाने, छविलाल जोशी, लिला पछाइ र रामबहादुर खनालाई मुद्वा दायर गरिएको हो । ८ कम्पनी र ५ जना व्यक्ति गरेर जफथ प्रयोजनार्थ मुद्वा लगाएको शर्माले बताइन् । शर्माका अनुुसार पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा मूल अभियोग पत्र, थप अभियोग पत्र र पूरक अभियोग गरेर कुल ६३ जनालाई प्रतिवादी बनाइएको छ ।

प्रतिवादीबाट १ अर्ब ५१ करोड रुपैयाँ विगो माग गरिएको छ । शर्माका अनुुसार पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा मूल अभियोग पत्र, थप अभियोग पत्र र पूरक अभियोग गरेर कुल ६३ जनालाई प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर