+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तनहुँ प्रहरीले समात्यो फरार तीन प्रतिवादी

तनहुँ खबर
१० महिना अगाडी

दुलेगौंडा

जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतले दोषी ठहर गरेपनि फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ । बुधबार उनीहरुलाई पक्राउ गरेको हो ।

तनहुँको व्यास नगरपालिका–३ तरकारी लाइन बस्ने ५० वर्षीय विजयराज पौडेललाई चेक अनादर मुद्वामा, व्यास नगरपालिका–१३ बेलबासका २९ वर्षीय गम्भिर थापालाई अमानविय अपराध मुद्वामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी अशोक थापाले जानकारी दिए ।

उनका अनुसार देवघाट गाउँपालिका–१ घर भइ हाल नवलपुरको गैंडाकोट नगरपालिका–६ बस्ने ४१ वर्षीय मनबहादुर विकलाई पक्राउ गरिएको हो ।

विजयराजसँग एक हजार रुपैयाँ र मनबहादुरसँग दुई हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी थियो । यस्तै २२ दिन कैद भुक्तान र १० हजार रुपैयाँ भुक्तान गर्न बाँकी रहेका गम्भिरलाई अदालत पेश गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर