+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तमु विद्यार्थी छोंज धिंको अध्यक्ष पवन गुरुङ चयन

तनहुँ खबर
११ महिना अगाडी

तनहुँ

नेपाल तमु विद्यार्थी छोंज धिंको केन्द्रीय अध्यक्षमा पवन गुरुङ चयन भएका छन् ।

तनहुँको दमौलीमा सोमबार सम्पन्न १२ औ महाधिवेशनले पवनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा विष्णुराज गुरुङ, महिला उपाध्यक्षमा सिर्जना गुरुङ, उपाध्यक्षमा गौचन गुरुङ, महासचिवमा युवराज गुरुङ निर्वाचित भए ।

उपमहासचिवमा अनिल गुरुङ, सचिवमा विकास गुरुङ, नेहा गुरुङ, युवराज गुरुङ, प्रकाश गुरुङ, इना गुरुङ चयन भएका छन् ।

यस्तै कोषाध्यक्षमा अनुपम गुरुङ, सहकोषाध्यक्षमा अञ्जु गुरुङ, संगठन विभाग प्रमुखमा सबिन गुरुङ, प्रचारप्रसार सचिव प्रमुखमा मनोज गुरुङ, भाषा, साहित्य सस्कृतिक तथा अतिरिक्त विभाग प्रमुखमा इशा गुरुङ, विदेश विभाग प्रमुखमा सोम गुरुङ, आईटी विभागमा सुमित गुरुङ चयन भए ।

शैक्षिक विभाग प्रमुखमा बुद्धराम गुरुङ र प्रशिक्षण तथा अनुशासन विभाग प्रमुखमा गोबिन्द गुरुङ चयन भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर