+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पेस्तोल देखाएर महोत्तरीको एनएमबी बैंकको शाखामा दिनदहाडै ३५ लाख लुटपाट

तनहुँ खबर
२ साल अगाडी

काठमाडौं । महोत्तरीको बजारस्थित एनएमबी बैंकको शाखामा दिनदहाडै लुटपाट गरिएको छ। मंगलबार मध्यान्ह साढे १२ बजे चार जना अज्ञात व्यक्तिहरू आइ हातमा बोकेको पेस्तोल देखाएर लुटपाट गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार करिब ३५ लाख रुपैयाँ लुटपाट भएको छ । लुटेराहरु मास्क लगाएर बैंकमा प्रवेश गरेका थिए । लुटेराहरु बैंक लुटेपछि मोटरसाइकल चढेर भागेका थिए । अहिले प्रहरीले लुटेराहरुको खोजी गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर